सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं : राष्ट्रपति भण्डारी

  भदौ ०५, २०७९

काठमाडौं, भदौ ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै “गिरीको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ”, भन्नुभएको छ । राष्ट्रपति भण्डारीले शोकाकूल परिवारमा गहिरो समवेदना पनि प्रकट गर्नुभएको छ ।

 

 

नेताहरुबाट पनि समावेदना

नेता गिरीको निधनप्रति नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्धारा श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । चिन्तनशील राजनीतिकर्मीको निधनबाट मर्माहत भएको उहाँले बताउनु भएको छ । अध्यक्ष ओलीले उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

 

 

नेता गिरीको निधनप्रति नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । नेपाली राजनीतिक वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तकलाई गुमाएको भन्दै उहाँले श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै  शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

 

 

त्यसै गरी नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले गिरीको निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । नेपाली राजनितीका अग्ला व्यक्तित्व, समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता गिरिको निधनले स्तब्ध र मर्माहत बनाएको उहाँले बताउनुभयो ।

नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा प्रदिप दाईले पुर्याउनु भएको योगदानको जति नै चर्चा गरेपनि अधुरै रहने उहाँको भनाई छ । नेता कोइरालाले शोकाकुल यस समयमा समस्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया