विजयी हुनेगरी सक्रिय हुनुस् : ओली

  भदौ ०३, २०७९

दमक, भदौ ३ : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनलाई परास्त गरी विजयका लागि सक्रिय हुन पार्टी पङ्तिलाई निर्देशन दिनुभएको छ । नेपाल यातायात स्वतन्त्र मुजदुर संगठन ई–रिक्सा दमक नगर समितिको तेस्रो नगर अधिवेशनको शुक्रबार यहाँ उद्घाटन गर्दै उहाँले त्यस्तो निर्देशन दिनुभयो ।

एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएका दलबीच गठबन्धन भइरहेको उहाँले टिप्पणी गर्नुभयो । “अहिले सबै मिलेर हामी विरुद्ध लागेका छन्” ओलीले भन्नुभयो । सम्बृद्ध नेपाल, सुखी नेपाली औधोगिक तथा ब्यवसायको क्षेत्र, सेवाको क्षेत्र, पुर्वधार विकासको क्षेत्र, मानवीय स्रोत विकास, रोजगारीको विकासका लागि आफू लागेको उहाँले बताउनुभयो ।

आगामी निर्वाचनमा जनताले एमालेलाई बहुमत प्रदान गर्ने पनि ओलीले दाबी गर्नुभयो । विकास र सम्बृद्धि तथा जनताको जिवनस्तर उकास्ने किसिमको स्पष्ट योजना एमालेसँग भएको बताउनुभयो । परिवर्तनका लागि आन्दोलन जारी रहने पनि उहाँको भनाइ छ । ओली दूई दिन अघिदेखि गृह जिल्ला झापामा बिभिन्न चुनावी सभा तथा कार्यक्रममा सहभागी हुँदै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया