नेपाल–पाकिस्तान र सार्ककाे विषयमा छलफल

  साउन २६, २०७९

काठमाडौँ, साउन २६ : पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र पाकिस्तानका राष्ट्रिय सभाका सदस्य तथा प्रधानमन्त्रीको विशेष सहायक रोमिना खुर्सिद अलामबीच भेटवार्ता भएको छ ।

पाकिस्तानस्थित नेपाली राजदूतावासमा हालै भएको भेटवार्तामा नेपाल पाकिस्तान कूटनीतिक सम्बन्ध, सार्क, दिगो विकास लक्ष्य (एसडीजी) लगायतका विषयमा छलफल भएको हो ।

दुवै पक्षले नेपालसँगको लाहोर र गुज्रान्वालाबीचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको नेपाली राजदूतावासले जानकारी दिएकाे छ।

तपाईको प्रतिक्रिया