सिपाघाट–मेलम्ची सडक अबरुद्ध

  साउन २४, २०७९

सिन्धुपाल्चोक, साउन २४ : निरन्तर बर्षाले सिन्धुपाल्चोकको सिपाघाट–मेलम्ची सडक अबरुद्ध भएको छ । यो सडकसँगै जिल्लाका अधिकाँश सडक अबरुद्ध भएका छन् ।

पहिरो र कटानले पक्की सडकदेखि ग्रामीण सडक दिनहुँ बन्द हुन थालेका छन् । यस्तै सिपाघाट–मेलम्ची सडक खण्डको लामा क्रसर, रवि क्रसर, जाल्पा क्रसर र रातोपहिरो लगायत खण्डमा पहिरोका कारण सोमबार बेलुकीदेखि नै सडक अबरुद्ध भएको छ ।

सो कारण यातयातका साधान पूर्णरुपमा ठप्प भएका छन् । सडक सूचारु गर्न मेशिन पठाइएको मेलम्ची नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । शनिबारदेखि मेलम्ची–हेलम्बु सडक पनि अझै संचालनमा आउन सकेको छैन ।

तपाईको प्रतिक्रिया