काठमाडौं, साउन २२ : द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्थाले बेपत्ता पारिएका ब्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न माग गरेको छ ।
संस्थाले काठमाडौंको माइतीघरमा आइतबार र्यालीको आयोजना गरी सो माग गरेको हो । संस्थाले बेपत्ता पारिएका ब्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गरी विधेयकमा सुरक्षाकर्मीको माग समावेश गराउन दावाव पनि दिएका छन् ।






