‘सरकारलाई सही बाटोमा हिँडाउन नागरिक अगुवाको महत्वपूर्ण भूमिका हुन्छ’

  साउन २१, २०७९

काठमाडौँ, साउन २१ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारलाई सही बाटोमा हिँडाउन नागरिक अगुवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

राष्ट्रिय नागरिक विकास समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

मन्त्री कुँवरले राष्ट्र र जनताको हितमा आफूले मन्त्री भएर सक्दो योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा उत्साहित तुल्याउने गरी काम गर्नेछु”, उहाँले भन्नुभयो ।

उहाँले मन्त्री पद अस्थायी पद भएकाले आफू मन्त्री हुँदा उत्साहपूर्वक ढङ्गले काम गर्ने उल्लेख गर्नुभयो । मन्त्री कुँवरले देश र जनताको हितमा सबैले आआफ्नो क्षेत्रबाट योगदान पु¥याउन जरुरी रहेको बताउनुभयो । सामाजिक क्षेत्रका विविध विषयका विज्ञहरुको राय र सुझावको आधारमा आफूले कार्यसम्पादन गर्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया