सामाजिक विकासमन्त्री बोहराद्वारा सीमानाका अनुगमन

  साउन १९, २०७९

कैलाली, साउन १९ : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले आज कैलालीसँगै जोडिएको कञ्चनपुरको गौरीफन्टा नाका अनुगमन गर्नुभएको छ । उहाँले केही दिनयता कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि सीमा नाकामा व्यवस्थित र कडाइका लागि त्यहाँ रहेको हेल्थडेक्स र होल्डिङ सेन्टर अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा हेल्थडेस्क र होल्डिङ सेन्टर अलि व्यवस्थित नभएकोले थप सुधार गरिने जानकारी दिँदै मन्त्री बोहराले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले यसबाट बच्न स्वास्थ्य मापदण्डपालना गर्न आग्रह गर्नुभयो ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी किरण थापा, धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुखलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया