सत्ता गठबन्धनमा सिट बाँडफाँट कुन मोडालिटीमा हुने भन्ने विषय पेचिलो बन्दै  

  साउन १८, २०७९

काठमाडौं, साउन १८ : आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने ?’ भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन हुन सक्नेसमेत देखिएको छ ।

प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले गत असारमा ६ दिन बसेको केन्द्रीय समिति बैठकबाटै आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने निर्णय गरेको थियो ।

सो निर्णयको गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्वागत गरेका थिए । त्यसयता गठबन्धनभित्र आगामी निर्वाचन र सिट बाँडफाँटको ‘मोडालिटी’’बारे छलफल नै भएको छैन ।

तपाईको प्रतिक्रिया