बेइजिङ, साउन १३ : चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार भानुआतुका राष्ट्रपति निकेनीके वुरोबारावुलाई पदभार ग्रहण गर्नुभएकोमा बधाई सन्देश पठाउनुभएको छ।
भानुआटु प्रशान्त महासागरीय टापु देशहरूमा चीनको असल मित्र, असल साझेदार र असल भ्रातृत्व सम्बन्ध भएको देश भएको उल्लेख गर्द राष्ट्रपति सीले चीन-भानुआतुबीचको व्यापक रणनीतिक साझेदारी र विभिन्न क्षेत्रमा सहयोगको निरन्तर आदान(प्रदान गहिरोसँग विकास भएको बताउनुभएको छ ।
यो वर्ष चीन र भानुआतुबीचको कूटनीतिक सम्बन्धको ४०औँ वार्षिकोत्सव हो । चिनियाँ राष्ट्रपतिले चीन(भानुआतु सम्बन्धको विकासलाई ठूलो महत्त्व दिने र द्विपक्षीय सम्बन्धका थप फराकिला सम्भावनाहरू खोल्नका लागि राष्ट्रपति वुरोबाराभुसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ । उहाँले सो सम्बन्ध विस्तारबाट दुई देश र तिनीहरूका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने पनि विश्वास व्यक्त गर्नु भएको छ ।






