श्रीलङ्काका पूर्व राष्ट्रपति राजापाक्ष सिङ्गापुर बस्ने म्याद थप

  साउन ११, २०७९

सिङ्गापुर, साउन ११ : श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले सिङ्गापुरमा बस्ने समयावधि बढाउनु भएको छ । उहाँले थप १४ दिन सिङ्गापुरमै बस्ने म्याद थप गर्नु भएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन् ।

श्रीलङ्कामा आन्दोलनकारीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय तथा निवास नै कब्जा गरिदिएपछि देश छाडेर भाग्नु भएका राजापाक्षले यसअघि पनि १४ दिन सिङ्गापुर बस्ने अनुमति लिनु भएको थियो ।

उहाँलाई सिङ्गापुर सरकारले अतिथिको रुपमा आफ्नो देशभित्र बस्न अनुमति दिएको हो । त्यति बेला उहाँ माल्दीभ्सबाट सिङ्गापुर आउनु भएको थियो ।

श्रीलङ्काका प्रवक्ता बन्दुला गुनावार्डेनाले भने पूर्व राष्ट्रपति राजापाक्ष चाडै नै स्वदेश फर्किने अपेक्षा गरिएको बताउनु भएको छ ।श्रीलङ्काका सभामुख महिन्दा यापा अबेवार्डेनाले राजापाक्षले राजीनामा दिएको घोषणा गत जुलाई १५ मा गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया