चिनियाँ विदेशमन्त्री वाङ शाङ्घाई सहयोग सङ्गठन विदेश मन्त्रीको बैठकमा सहभागी हुने

  साउन १०, २०७९

बेइजिङ, साउन १० : चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले जुलाई २८ र २९ गते उज्वेकिस्तानमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को विदेशमन्त्री परिषद्को बैठकमा भाग लिने परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले मङ्गलबार जानकारी दिएका छन् ।

यसै बिच मन्त्रि वाङले उज्वेकिस्तानका कार्यवाहक विदेशमन्त्री नोरोभ भ्लादिमिर इमामोविच, किर्गिस्तानका विदेशमन्त्री कुलुबाएभ झेनबेक मोल्दोकानोभिच र ताजिकिस्तानका विदेशमन्त्री सिरोजिद्दिन मुहरिद्दिनको निमन्त्रणामा उज्वेकिस्तान, किर्गिजस्तान र ताजिकिस्तानको औपचारिक भ्रमण गर्ने पनि प्रवक्ताले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया