युक्रेनको सेभेरोडोनेत्स्कमा अझै १० हजार नागरिक अलपत्र : गभर्नर

  असार ०२, २०७९

कीभ, असार, २ : युक्रेनको पूर्वी शहर सेभेरोडोनेत्स्कमा करिब १० हजार नागरिक फसेका छन् जहाँ रुससँगको चर्को लडाइ केही हप्तादेखि चलिरहेको छ । लुगान्स्क क्षेत्रका गभर्नर सर्गी गैडेले १ लाख बासिन्दाहरू मध्ये लगभग १०,००० अझै त्यही क्षेत्रमा रहेको टेलिग्राममा उल्लेख गरेका छन् ।

उनले कीभको सेनाले “शत्रुलाई सकेसम्म पछाडि धकेलिरहेको” पनि बताएका छन् । द्वन्द्व जारी रहँदा त्यस क्षेत्रमा तनाव बढिरहेको छ मानिसहरू बाहिरिने क्रम तीव्र बनेको छ ।

तपाईको प्रतिक्रिया