मुसर्रफलाई घर फिर्ता हुन दिनुपर्ने पाकिस्तानी सेनाको राय

  असार ०१, २०७९

इस्लामाबाद, असार १ : २३ वर्षअघि रक्तविहीन विद्रोहमा सत्ता कब्जा गरी नौ वर्ष शासन गरेका पूर्व सेना प्रमुख पर्वेज मुशर्रफलाई दुबईबाट स्वदेश फर्कन दिने पाकिस्तानी सेनाले बुधबार बताएको छ ।

उहाँका पारिवारिक स्रोतले गत हप्ता ७८ वर्षीय मुशर्रफ दुबईमा रहनुभएको र उहाँको शरीरका प्रमुख अङ्गहरूले काम गर्ने छोडिसकेकोले निको हुने सम्भावना कम भएको बताएको थियो । उपचारका लागि सन् २०१६ मा पाकिस्तान छोड्न अनुमति पाएपछि उहाँ पाकिस्तान फर्किनुभएको छैन ।

जनरल मुशर्रफले आफ्नो शासन अवधिसँग सम्बन्धित थुप्रै अदालत मुद्दाहरूको सामना गरिरहेका उहाँलाई देशद्रोहको आरोपमा उहाँको अनुपस्थितिमा मृत्युदण्ड दिइएको थियो । यद्यपि उक्त फैसला पछि रद्द गरिएको छ ।

पाकिस्तानी सेनाको ‘इन्टर सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर)’ प्रचार शाखाका प्रमुख मेजर जनरल बाबर इफ्तीखरले स्थानीय सञ्चारमाध्यमसँग भन्नुभयो, “यो संस्था र यसको नेतृत्व पर्वेज मुशर्रफको खराब स्वास्थ्यलाई ध्यानमा राखेर देश फर्किन चाहेमा उहाँको परिवारको चाहनाअनुसार स्वदेश फर्किन दिनुपर्ने निष्कर्षमा पुगेको छ ।” आईएसपीआरले बुधबारको दिन एएफपीलाई आफ्नो टिप्पणी पुष्टि ग¥यो ।

मुशर्रफले अझै पनि देश फर्किएपछि पनि थुप्रै मुद्दाहरूको सामना गर्नुपर्ने मतहरू पनि आएका छन् ।

पाकिस्तानको स्वतन्त्रतापछि सेनाले विभिन्न समयमा लामो समयसम्म पाकिस्तानमाथि शासन गर्दै आएको छ । सन् १९९९ मा तत्कालीन प्रधानमन्त्री नवाज शरीफले मुशर्रफ सेना प्रमुख रहेका समय पदबाट निलम्बन गर्न खोजेपछि मुशर्रफले सेनाको सहयोगमा राज्यसत्ताको नेतृत्व पनि सम्हाल्नुभएको थियो । त्यसपछि करिब नौ वर्ष उहाँले पाकिस्तानमा शासन गर्नुभएको थियो ।

उहाँको कार्यकाल पहिले कमजोर रहेको पाकिस्तानी अर्थतन्त्र सुधारका लागि उहाँको नेतृत्व सफल भएको थियो । यद्यपि सत्तामा रहँदा मानव अधिकार उल्लङ्घन तथा भ्रष्टाचार गरेको आरोपमा उहाँविरूद्ध दर्जनौँ मुद्दाहरू पाकिस्तानी अदालतमा विचाराधीन अवस्थामा रहेका छन् ।

तपाईको प्रतिक्रिया