जिसस गोरखाको प्रमुखसहित सदस्यहरुमा माओवादी केन्द्र निर्विरोध निर्वाचित

  जेठ ३०, २०७९

गोरखा, ३० जेठ :  जिल्ला समन्वय समिति गोरखाको नयाँ कार्यसमितिमा प्रमुख,उपप्रमुखसहित सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनबाट प्रमुख,उपप्रमुखसहित सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला समन्वय समितिको प्रमुखमा गोरखा नगरपालिकाका मोहन बहादुर थापा मगर र उपप्रमुखमा शहिद लखन गाउँपालिकाकी लिला परियार चयन भएका छन् । यस्तै सदस्यहरुमा मोहन ढकाल ९बारपाक सुलिकोट०, मोहम्मद हकिम ९भीमसेन थापा०, शिवप्रसाद रेग्मी ९गण्डकी०, इन्दिरा देवकोटा ९अजिरकोट०, मिरा उपरकोटी ९सिरानचोक०, परमिना घले ९धार्चे०, गंगाबहादुर बयलकोटी ९पालुङटार० चयन भएका छन् ।

सबै पदमा माओवादी केन्द्रका उम्मेदवारहरुको एकल उम्मेदवारी परेको थियो । नवनिर्वाचित जिसस प्रमुख मगरलाई मुख्य निर्वाचन अधिकृत दिनवन्धु बरालले सपथ ग्रहण गराएका छन् । सोमवार जिसस हलमा आयोजित एक कार्यक्रमका बिच सपथ ग्रहण गराइएको हो । लगतै जिसस प्रमुख मगरले उपप्रमुख र सदस्यहरुलाई सथप ग्रहण गराएका थिए ।

 

तपाईको प्रतिक्रिया