श्वेतपत्र जारी गर्दै वीरगञ्ज महानगरपालिका

  जेठ २५, २०७९

वीरगञ्ज, जेठ २५ : वीरगञ्ज महानगरपालिकाले महानगरको वस्तुस्थितिबारे नगवासीलाई जानकारी दिन श्वेतपत्र जारी गर्ने भएको छ । महानगर प्रमुख राजेशमान सिंहले नयाँ जन प्रतिनिधिले कार्यभार सम्हालेपछिको महानगरको अवस्थाबारे जानकारी दिन श्वेतपत्र जारी गर्न लागिएको जानकारी दिनुभयो ।

श्वेतपत्रमा महानगरको आर्थिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य तथा विभिन्न परियोजनाको वर्तमान अवस्थालगायत विषय समावेश गरिनेछ । श्वेतपत्रले महानगरको यथार्थ चित्रण गर्ने र उक्त अवस्थालाई सुधार्दै नगरवासीको चाहनाबमोजिम काम गर्न सहज हुने उहाँको भनाइछ । महानगरको शैक्षिक, सामाजिक र पूर्वाधार विकासको अवस्था श्वेतपत्रमा समेटिने छ ।

तपाईको प्रतिक्रिया