विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने शिक्षकलाई कारबाही गर्न नेविसङ्घको माग

  जेठ १०, २०७९

काठमाडौँ, जेठ १० : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०ले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने शिक्षकलाई कारबाही गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञप्ति जारी गरी विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने सेन्ट लरेन्स कलेजका शिक्षकलाई कारबाही गर्न माग गर्नुभएको हो ।

“कलेजमा शान्त, स्वच्छ र भयरहित वातावरणमा विद्यार्थीले पढ्न पाउने अधिकारको उक्त घटनाले हनन गरेको छ”, अध्यक्ष शेर्पाले भन्नुभयो । उहाँले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानूनबमोजिम कारबाही गर्नसमेत सरकारसँग माग गर्नुभएको छ ।

नेविसङ्घले सबै विद्यालय तथा क्याम्पस प्रशासनलाई विद्यार्थीलाई भयरहित तथा शान्तिपूर्ण वातावरणमा अध्ययन गर्न पाउने वातावरणको सिर्जना गर्न अपिलसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया