धनगढी उपमहानगरलाई भ्रष्टाचारमुक्त बनाउँछु : नगरप्रमुख हमाल

  जेठ ०९, २०७९

धनगढी, जेठ ९ : धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले आफैं भ्रष्टाचारीलाई अख्तियारको जिम्मा लगाउने बताएका छन् ।

आइतवार धन्यवाद यात्रापछि सम्बोधन गर्दै उनले भने,’धनगढीमा भ्रष्टाचार भएको सूचना मेरो ह्वाट्स एप नम्बरमा पठाउनु होला । समातेर अख्तियारको जिम्मा लगाउँछु। अब भ्रष्टाचारीलाई मेयरले छोप्छ ।’

धनगढी उपमहानगरपालिकाको कार्यालय परिसारबाट सुरु भएको यात्रा ट्राफिक चौराहासम्म गएको थियो । चौराहामा नगरवासीलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमुक्त उपमहानगरपालिका बनाउने बताएका हुन् ।

धनगढीको विकासका लागि सबैको साझा नगर प्रमुख भएर काम गर्ने नवनिर्वाचित नगरप्रमुख हमालले बताएको दिनेशखबर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया