टोकियो, जेठ ५ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता जापान भ्रमणमा जानुहुने भएको छ ।
यही मे २४ मा जापानको राजधानी टोकियोमा हुने “क्वाद लिडरर्स समिट” मा सहभागी हुन उहाँ जानुहुने भएको हो ।
सम्मेलनमा जापान र अष्ट्रेलियाका समकक्षी र अमेरिकाका राष्ट्रपतिलगायतसँग उहाँको भेटवार्ता हुने अधिकारीहरुले जनाएका छन् ।
मोदीको भ्रमणका बारेमा भारतको विदेश मन्त्रालयको नियमित साप्ताहिक पत्रकार सम्मेलनका क्रममा विहिवार जानकारी दिइएको हो ।
यो सम्मेलन अहिले चौथो पटक हुन लागेको जनाइएको छ । सम्मेलनमा आपसी हित, साझा चासो, अन्तर्राष्ट्रिय तथा क्षेत्रिय चासोलगायतका विषयमा छलफल हुने जनाइएको छ ।






