इजरायलका प्रधानमन्त्री र फ्रान्सका राष्ट्रपतिबीच चाँडै भेटवार्ता हुने

  जेठ ०४, २०७९

जेरुसेलम; जेठ ४ : इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेट र फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोँबीच चाँडै भेटवार्ता हुने भएको छ । उहाँहरुका बीचमा मङ्लबार भएको टेलिफोन कुराकानीका क्रममा चाँडै भेट्ने सहमति भएको दुवै पक्षका अधिकारीहरुले जनाएका छन् ।

चाँडै भन्नाले कहिले भन्ने टुंगो नलागेको भएपनि दुवै देशका कूटनीतिज्ञहरुले छलफल गरेर समय तय गर्ने जनाइएको छ । उहाँहरुले अहिलेको टेलिफोन वार्तामा पनि दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयसँगै राष्ट्रिय तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विविध विषयमा छलफल गर्नु भएको छ ।

फोन वार्ताका क्रममा इजरायली प्रधानमन्त्री बेनेटले फ्रान्सका राष्ट्रपति माक्रोँलाई पुनः निर्वाचित भएकोमा बधाई दिनु भएको थियो भने माक्रोँले बेनेटलाई धन्यवाद दिनुभएको थियो । आगामी दिनमा सहकार्य बढाउने, सम्बन्ध थप बलियो बनाउने र धेरै कामहरु मिलेर गर्ने उहाँहरुले सहमति गर्नु भएको अधिकारीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया