हङ्गेरीका प्रधानमन्त्रीद्वारा सपथ ग्रहण

  जेठ ०३, २०७९

वुडापेस्ट, जेठ ३ : हङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्बानले नयाँ कार्यकालका लागि फेरि सपथ लिनु भएको छ । उहाँले पाँचौ कार्यकालका लागि सोमबार हङ्गेरीको संसद् अगाडि सपथ ग्रहण गर्नु भएको अधिकारीहरूले जनाएका छन् ।

देशका अति प्रभावशाली राजनीतिज्ञ अर्बानले सपथ ग्रहण गरेपछि कोरोनाका कारण असर परेको क्षेत्रलाई माथि उठाउने आफ्नो तत्कालको मुख्य कार्यभार रहेको बताउनु भएको छ । उहाँले मुलुक अहिले कठिन अवस्थामा रहेकाले त्यसका लागि सबैको सहयोगमा सरकारले काम गर्ने जानकारी पनि दिनुभयो ।

तपाईको प्रतिक्रिया