धनगढी, वैशाख ३० : कैलालीका मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन् ।
शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनबाट आफ्नो प्रतिनिधि आफैँ चयनका लागि मतदाताहरु उत्साहपूर्वक मतदान कार्यमा सहभागी भइरहेका हुन् । ज्येष्ठ नागरिक, महिला, पुरुष, युवकयुवती निर्धक्कका साथ मतदान गरिरहेका छन् ।
जिल्लाको अति संवेदनशील क्षेत्र मानिने नेपाल–भारत सीमा क्षेत्र नजिकका कैलारी–७ को मतदान केन्द्रमा पनि शान्तिपूर्ण वातावरणमा मतदान कार्य भइरहेको छ ।
आफ्नो प्रतिनिधि चयनका लागि झण्डै तीन किलोमिटर पैदल हिँडेर मतदान गरेको कैलारी गाउँपालिका–७ रामपुरका ज्येष्ठ नागरिक बहरु डङ्गौराले बताउनुभयो ।
६८ वर्षीय उहाँले भन्नुभयो, ‘‘मताधिकारको प्रयोग गर्न पाउँदा खुशी लागेको छ, बिहानै पैदल हिँड्दै स्कुलमा पुगेर भोट हाले ।’’