राष्ट्रपतिद्वय सी र बाइडेनद्वारा फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति मार्कोसलाई बधाइ

  बैशाख २९, २०७९

बेइजिङ [चीन], बैशाख, २९ : चिनियाँ राष्ट्रपति सी चिनफिङले फिलिपिन्स गणतन्त्रको राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा फर्डिनान्ड रोमुआल्डेज मार्कोसलाई बधाइ सन्देश पठाउनुभएको छ। सिन्ह्वा समाचार एजेन्सीका अनुसार राष्ट्रपति सीले “चीन र फिलिपिन्स समुद्र पारी एकअर्काको सहयोग गर्ने साझेदारहरू भएको बताउनु भएको छ।

मे १० मा पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जूनियर भारी मतले सो पदमा विजयी हुनुभएको हो ।राष्ट्रपति सीका अनुसार द्विपक्षीय सम्बन्ध सुदृढ भएको छ जसले दुवै देशका जनतालाई फाइदा पु-याएको छ र क्षेत्रीय शान्ति र स्थिरतामा योगदान दिएको छ ।

उहाँले चीन र फिलिपिन्स दुवै विकासको महत्त्वपूर्ण चरणमा रहेको र तिनीहरूको सम्बन्धले महत्त्वपूर्ण अवसरहरूको सामना गर्नुका साथै व्यापक सम्भावनाको सहकार्य लिने कुरामा जोड दिनुभयो।

त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि मार्कोस जुनियरलाई बिहीबार टेलिफोन गर्दै बधाइ दिनुभएको र आफू निर्वाचित राष्ट्रपतिसँग निरन्तर काम गर्न तत्पर रहेको कुरामा जोड दिनुभएको छ।

तपाईको प्रतिक्रिया