हुम्लामा पाँच महिला मतदान अधिकृतको जिम्मेवारीमा

  बैशाख २९, २०७९

हुुम्ला वैशाख २९ : शुक्रबार सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले विभिन्न पाँच जना महिलालाई मतदान अधिकृतका रुपमा खटाएको छ । निर्वाचन सम्पन्न गर्न कर्मचारी खटाउने कार्यलाई सक्षमता र समावेशी बनाउन महिला कर्मचारीलाई जिम्मेवारी दिइएको मुुख्यनिर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताउनुभयो ।

मतदान अधिकृतको जिम्मेवारी पाउने महिला कर्मचारीहरुमा स्वास्थ्य सेवा कार्यालयकी बरिष्ठ अनमी सरिता बोहरालाई नाम्खा गाउँपालिकाको मोतिराम प्रावि मतदान केन्द्र, जिल्ला बन कार्यालयका सहायक बन अधिकृत प्रतिमा पनेरु सिमकोट–६ को कालाशिल्ता आवि मतदान केन्द्र, डिभिजन बन कार्यालयका प्रमुख रेनुका न्यौपाने सिमकोट गाउँपालिका–७ को टुलिङ मतदान केन्द्र, राष्ट्रिय बाणिज्य बैङ्कका प्रबन्धक सविता शाही सिमकोट गाउँपालिका–३ को रलिङ मावि मतदान केन्द्र र नापी कार्यालयकी  सुधा साप्कोटालाई सिमकोट गाउँपालिका–५ को भिमसेन मावि मतदान केन्द्रको प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।

मुुख्यनिर्वाचन अधिकृत पौडेलका अनुसार महिला मतदान अधिकृतको रुपमा खटिएका मतदान केन्द्र मध्य चार वटा केन्द्रका लागि कार्यालय सहयोगी बाहेक अन्य सवै महिला कर्मचारी खटाईएको छ भने भिमसेन आवि मतदान केन्द्रमा कर्मचारी, प्रहरी र म्यादी प्रहरी पनि महिला नै खटाईएको बताउनुुभयो । रलिङ मावि मतदान केन्द्रकी मतदान अधिकृत शाहीले मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जिम्मेवारी सकुशल पुरा गर्ने बताउनुुभयो

मतदान केन्द्रमा २१ प्रतिशत महिला कर्मचारी परिचालन
निर्वाचनका लागि कुल खटाईएका कर्मचारी मध्ये २१ प्रतिशत महिला कर्मचारी खटाईएको मुुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनका लागि कुल २५४ जना कर्मचारी परिचालन भएका छन् । ती मध्य निर्वाचनका लागि खटिएका महिला कर्मचारीहरुमा पाँच जना मतदान अधिकृत, पाँच जना सहायक मतदान अधिकृत र ४१ जना सहायक कर्मचारी मतदान कार्यका लागि खटिएका छन् ।

तपाईको प्रतिक्रिया