विनोदी, शर्मा र साकारलाई त्रिमूर्ति पुरस्कार

  बैशाख २४, २०७९

काठमाडौँ, वैशाख २४ : त्रिमूर्ति निकेतनले २०७८ सालको लेखनाथ काव्य पुरस्कार छन्दकवि तथा महाकाव्यकार गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त संस्थाले यस वर्षको बालकृष्ण सम पुरस्कार नाटक तथा चलचित्रकी जनप्रिय अभिनेत्री मिथिला शर्मालाई प्रदान गर्ने निर्णय गरेको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो ।
देवकोटा काव्य पुरस्कार आधुनिक कवि शैलेन्द्र साकारलाई प्रदान गर्ने निर्णय निकेतनको पूर्व बैठकबाट भएको समेत उहाँले जानकारी दिनुभयो । उक्त पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।

 

तपाईको प्रतिक्रिया