शुभबहादुर र तीर्थकुमारी सम्मानित

  बैशाख २०, २०७९

काठमाडौँ, वैशाख १९ : भजन शिरोमणि भक्तराज आचार्यको नाममा स्थापित ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७८’ सङ्गीतकार शुभबहादुर सुनाम र गायिका तीर्थकुमारीलाई प्रदान गरिएको छ ।

शनिबार आयोजित कार्यक्रममा उहाँहरूलाई जनही ५० हजार एक रुपियाँसहित सम्मान गरिएको हो । सुनाम र थापालाई भक्तराज आचार्य र सुशीला आचार्यले सम्मान प्रदान गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा ‘सुशीला आचार्य स्वास्थ्य कामना सम्मान’ बाट वाद्यवाधक रुपेश सिंहलाई नगद २५ हजार एक  रुपियाँ प्रदान गरियो ।

तपाईको प्रतिक्रिया