इयुद्वारा अनलाइन अवैध सामग्री विरुद्ध लड्न नयाँ कानून सम्झौता

  बैशाख १०, २०७९

ब्रसेल्स, वैशाख १० : युरोपेली काउन्सिलले शनिबार यसले घृणायुक्त भाषण, विकृत सूचना र अन्य हानिकारक अनलाइन सामग्री विरुद्ध लड्न नयाँ कानूनमा युरोपेली संसदसँग अस्थायी राजनीतिक सहमति गरेको छ ।

डिजिटल सर्भिस एक्ट डीएसए नाम दिइएको उक्त कानूनले “डिजिटल स्पेसलाई गैरकानूनी सामग्रीको फैलावटबाट जोगाउने र प्रयोगकर्ताहरूको मौलिक अधिकारहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

काउन्सिल र संसद्का वार्ताकारहरूले इन्टरनेटलाई युरोपेली नागरिकहरूका लागि सुरक्षित ठाउँ बनाउन नयाँ नियमहरूको लागि अस्थायी पाठमा सहमति जनाएपछि यो सम्झौता भएको हो। शुक्रबारदेखि शुरु भएको वार्ता शनिबार बिहानसम्म चलेको थियो । अस्थायी राजनीतिक सम्झौता कानून लागू हुनु अघि युरोपेली काउन्सिल र युरोपेली संसदले स्ट्याम्प लगाउनुपर्नेछ।

तपाईको प्रतिक्रिया