महानगर प्रमुखबाट दाहालको राजीनामा

  बैशाख ०९, २०७९

काठमाडौं, वैशाख ९ : चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिनुभएको छ । स्थानीय तह निर्वाचनमा प्रमुख पदमा फेरि उम्मेदवारी दिन दाहालले शुक्रबार राजीनामा दिनुभएको हो ।

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले दाहालको राजीनामा स्वीकृत भएको जानकारी दिनुभयो । निर्वाचन आयोगले उम्मेदवार बन्न बहालवला पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेपछि वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न दाहालले राजीनामा दिनुभएको हो ।

तपाईको प्रतिक्रिया