सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

  ३ घण्टा अगाडि

अछाम, १ मङ्सिर : अत्यधिक रक्तस्राव भएपछि अछामकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

मंगलसेन नगरपालिका–४ की २६ वर्षीया खिमा बुढालाई थप उपचारका लागि जिल्ला अस्पताल अछामबाट प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी टीकाराम ढकालले जानकारी दिनुभयो ।

कात्तिक २९ गते सुत्केरी भएकी बुढालाई डिस्चार्जपछि घरमै रक्तस्राव र श्वासप्रश्वासमा समस्या देखिएपछि पुनः अस्पताल भर्ना गरिएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि हेलिकप्टरबाट उद्धार गरिएको ढकालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया