कांग्रेसका देउवा र कोइराला समूहको बैठक सकियो, भोलि पनि बस्ने

  २ घण्टा अगाडि

काठमाडौँ, १७ चैत : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला समूहको बैठक काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा बसिरहेको छ ।

कांग्रेसका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आह्वान गर्नुभएको सो बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको छ ।

यस बैठकमा कांग्रेसका नेता डा शेखर कोइराला, निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार महालक्ष्मी उपाध्याय ‘डिना’ एवं केन्द्रीय सदस्यहरुको उपस्थिति छ ।

त्यसैगरी १४ औँ महाधिवेशनमा उपसभापति निर्वाचित विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा शशांक कोइरालाको पनि उपस्थिति रहेको छ ।

सो बैठकमा सामसामयिक राजनीतिक विषयवस्तुहरुका साथै पार्टीको आन्तरिक विवाद, नेपाली कांग्रेसको आगामी १५ औँ नियमित महाधिवेशन तथा आगामी संसदमा नेपाली कांग्रेसका सांसदहरुको उपस्थिति र प्रस्तुति आदि विषयमा कुराकानी भइरहेको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया