लियो जिल्ला परिषद् ३२५ आईको वार्षिक अधिवेशनबाट नयाँ नेतृत्व चयन

  २ घण्टा अगाडि

काठमाडौं, २६ फागुन : Leo District Council 325 I Nepal अन्तर्गत लियो वर्ष २०२६/२७ का लागि नयाँ जिल्ला नेतृत्व चयन भएको छ। चैत ७ गते कमलादीस्थित Nepal Academy Hall (नेपाल प्रज्ञा–प्रतिष्ठान) मा सम्पन्न चौथो वार्षिक अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।

अधिवेशनमा जिल्ला ३२५ आई अन्तर्गतका विभिन्न लियो क्लबहरूबाट सहभागी भएका प्रतिनिधि तथा पदाधिकारीहरूले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्दै नेतृत्व चयन प्रक्रियामा सक्रिय सहभागिता जनाएका थिए।

अधिवेशनबाट जिल्ला अध्यक्ष पदमा लियो आमोद नेपाल निर्वाचित भएका छन् भने जिल्ला उपाध्यक्ष पदमा लियो विभुषा बस्‍नेत निर्वाचित भएकी छन्। त्यसैगरी जिल्ला सचिव पदमा लियो संकल्प कुँवर, जिल्ला कोषाध्यक्ष पदमा लियो प्रतिक गौतम तथा जिल्ला सदस्यता संयोजक (मेम्बरसिप चेयरपर्सन) पदमा लियो सन्दिप लामिछाने मनोनित भएका छन्।

नवनिर्वाचित तथा मनोनित पदाधिकारीहरूले आफ्नो कार्यकालमा जिल्ला अन्तर्गतका क्लबहरूलाई थप सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ भने नेतृत्व विकास, सदस्यता विस्तार तथा सामाजिक सेवामूलक गतिविधिहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

यस प्रकारका अधिवेशनहरूले संगठनभित्र लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउँदै नेतृत्व हस्तान्तरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउने विश्वास लिइएको छ। नयाँ नेतृत्व चयनसँगै जिल्ला ३२५ आई अन्तर्गतका क्लबहरूबीच सहकार्य, समन्वय तथा सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता अझ मजबुत बन्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया