सरस्वती पूजाको अवसरमा एलबीईएफ कलेजद्वारा शैक्षिक सामग्री सहयोग

  २ घण्टा अगाडि

काठमाडौँ, १० माघ: सरस्वती पूजाको पावन अवसरमा एलबीईएफ कलेजले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यसहित शैक्षिक सामग्री सहयोग कार्यक्रम आयोजना गरेको छ।

कलेजको विद्यार्थी प्रतिनिधि परिषद् (SRC) तथा लियो क्लब अफ समर्पण एलबीईएफको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमअन्तर्गत नयाँ बानेश्वरस्थित अनमोल बाल विकास गृहमा आश्रित बालबालिकालाई कापी,कलम,पेन्सिल,बल लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै आयोजक संस्थाका प्रतिनिधिहरूले शिक्षालाई केवल कक्षाकोठामा सीमित नराखी समाजमा समेत यसको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले यस्ता सामाजिक कार्यमार्फत विद्यार्थीहरूमा मानवीय संवेदना,सामाजिक दायित्व र सेवाभावको विकास हुने विश्वास व्यक्त गरे।

लियो क्लब अफ समर्पण एलबीईएफले समुदायप्रति उत्तरदायी भई शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जनाउँदै आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

सहयोग प्राप्त बालबालिका तथा संस्थाका पदाधिकारीहरूले उक्त सहयोगले अध्ययन–अध्यापनमा थप उत्साह र प्रेरणा मिल्ने प्रतिक्रिया दिएका छन्।

तपाईको प्रतिक्रिया