नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ

  २ घण्टा अगाडि

राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौँ, ११ पुसः नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो । प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय भएको छ । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक अङ्गका प्रमुखको सहभागिता थियो ।

नेपाली सेनाका पूर्वरथी शर्माले तत्कालीन सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको फोर्स कमाण्डरको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका उहाँ प्रतिरक्षा विश्वविद्यालयको अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया