जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई

  २० घण्टा अगाडि

काठमाडौँ, ३ पुस : जगदीश घिमिरे प्रतिष्ठानले विसं २०८१ र २०८२ कोे जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा गरेको छ ।

विसं २०८१ को पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको पुरस्कार पवन आलोकलाई अर्पण गरिने प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माले जानकारी दिनुभयो ।

रु ५१ हजार नगद राशि भएको उक्त पुरस्कार आगामी माघ महिनामा अर्पण गरिने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया