सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

  २ घण्टा अगाडि

काठमाडौँ, २६ कात्तिक : मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५ मा कारोबार भइरहेको छ ।

मङ्गलबार एक तोला सुन रु दुई लाख ४६ हजार ४०० र चाँदी रु तीन हजार १७० मा खरिदबिक्री भएको थियो ।
रासस

तपाईको प्रतिक्रिया