शाहको लघुकथासङ्ग्रह ‘डाइपर भिसा’

  ११ घण्टा अगाडि

 काठमाडौं, १७ कात्तिक : कथाकार दिलीप शाहको लघुकथासङ्ग्रह ‘डाइपर भिसा’ बजारमा आएको छ । अभाव, पीडा, बेथिति, भ्रष्टाचार जस्ता विषयलाई सहज रूपमा चोटिलो पारामा सङ्ग्रहभित्र प्रस्तुत गरिएको छ । यसै गरी माया, प्रेम अभाव, पीडा, गरिबी, विदेशमोह, सन्तानप्रेम र यसका राम्रा र नराम्रा पक्षलाई पुस्तकभित्र समान रूपमा चित्रण गरिएको छ । 

नराम्रा कुरालाई देखाई राम्रा पक्षको कामना गर्नु र समुन्नत समाज निर्माण होस् भन्ने यस कृतिको आशय हो । बढ्दो विदेश मोहले निम्त्याएका अनेकौँ विकृतिप्रतिको चोटिलो प्रहार कृतिभित्र पाइन्छ । नेतागिरीदेखि वर्तमान यथार्थको सग्लो चित्रण सहज र सरल भाषाशैलीमा लेखकले पस्कनुभएको छ । 

विकृति र विसङ्गतिको चिरफार गरी समुन्नतिको चाहना प्रकट गरिएको कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो । कृतिभित्र ९४ वटा लघुकथा समावेश छन् । शाहका यसअघि ‘मौनधारण’, ‘मुर्दार काठमान्डु’, ‘बघिनी’ ‘चियर्स’ र ‘श्रद्धासुमन’ कथासङ्ग्रह एवं ‘जालो’ लघुकथासङ्ग्रह प्रकाशित छन् । 

तपाईको प्रतिक्रिया