‘माला’ बजारमा

  १० घण्टा अगाडि

 काठमाडौं, १७ कात्तिक : कथाकार माधव सयपत्रीको कथासङ्ग्रह ‘माला’ आइतबारदेखि बजारमा आएको छ । पुस्तकमा २२ वटा कथा समावेश छन् । कथासङ्ग्रहमा सयपत्रीले प्रेम र मानवीय संवेदनालाई समेट्नुभएको छ । मानिसका ढोङ र आडम्बरका मुखौटा च्यात्दै विद्रोहसमेत बोलेका छन् । सरल र सरस शैलीमा लेखिएका सयपत्रीका कथालाई समकालीन नेपाली साहित्यका प्रतिनिधि मान्न सकिन्छ । 

शिक्षण पेसाबाट निवृत्त कथाकार सयपत्री समाजको पिँधमा रहेका भुइँमान्छेका कथा लेख्न रुचाउने लेखक हुनुहुन्छ । उहाँका कथामा ग्रामीण जनजीवनको झल्को पाइन्छ । महिला बालबालिका उत्पीडित वर्ग साथै सामाजिक तथा राजनीतिक विकृति उहाँको लेखनका मूल विषयवस्तु रहँदै आएका छन् । 

सयपत्रीका यसअघि ‘सत्ताकवच’, ‘मखमलीका राजाहरू’ र ‘बादसाहको अटोग्राफ’ कथासङ्ग्रह एवं ‘सीमान्त विचलन’ उपन्यास प्रकाशित छन् । परिचय पब्लिकेसनले पुस्तकलाई प्रकाशनमा ल्याएको हो । 

तपाईको प्रतिक्रिया