मैत्रीपूर्ण फुटबलमा नेपाल इरानसँग पराजित

  ५ घण्टा अगाडि

काठमाडौँ, ७ कात्तिक : त्रिकोणात्मक अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ ।

भारतको शिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा आज सम्पन्न खेलमा इरानसँग नेपाल ३–० गोलअन्तरले पराजित भएको हो । यस जितसँगै इरानले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको छ ।

पहिलो खेलमा इरानले घरेलु टोली भारतलाई २–० गोल अन्तरले पराजित गरेको थियो । अब नेपालले सोमबार भारतसँगै अर्को खेल खेल्नेछ । यस प्रतियोगिता सम्पन्न भएपछि यही कात्तिक १३ गते नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल हुनेछ ।

तपाईको प्रतिक्रिया