राष्ट्रपतिसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस

  ४ घण्टा अगाडि

काठमाडौँ, ३० असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई संवैधानिक आयोगका आर्थिक वर्ष २०८१/८२ का वार्षिक प्रतिवेदनहरू पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित अलग–अलग कार्यक्रममार्फत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले आफ्नो आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभयो । 

सो अवसरमा राष्ट्रपतिले आयोगले गरेका काम, उपलब्धि र सुधारका सिफारिसका विषयमा चासो व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी, अर्को कार्यक्रममा थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारूले पनि आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुभयो ।

राष्ट्रपति पौडेलले आयोगहरूको प्रतिवेदनबाट देखिएका सुझाव र सिफारिसहरूले सुशासन प्रवर्धन, समावेशीकरण र आर्थिक स्रोतको न्यायसङ्गत बाँडफाँडमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको जानकारी दिइएकाे छ ।

तपाईको प्रतिक्रिया