लोसपाका जितेन्द्र सोनारलाई मधेशकाे मुख्यमन्त्री बनाउन दाबी पेश

  ४ घण्टा अगाडि

काठमाडौँ, २९ असोज : लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्रप्रसाद सोनार (सोनल)लाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउन पाँच दलले संयुक्त रुपमा दाबी पेश गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाँच राजनीतिक दलका जनता समाजवादी पार्टी नेपाल, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनमतका ५६ जना प्रदेशसभा सदस्यहरुले लोसपाका नेता सोनललाई मधेश मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा औपचारिक दावी प्रस्तुत गरेका हुन् ।

दाबी प्रस्तुत गरेका पाँच दलामा जसपा नेपालका १९ जना, जनमतका १३, लोसपाका आठ, माओवादिका नौ, नेकपा एसका सात जना सांसदहरू छन् ।

सोनल यसअघि मधेशको पहिलो कार्यकालमा भौतिक पूर्वाधार विकासमन्त्री रहनुभएको थियो ।  यस अघि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन एमाले, जनमतले दाबी पेश गरेका थिए ।

यस्तै यस अघि प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह रहनुभएको थियो । उहाँले मङ्गलबार राजीनामा दिनुभएको थियो । 

तपाईको प्रतिक्रिया