दसैँ मानेर काठमाडौँ फर्किनेको चहलपहल (फोटो फिचर)

  २ घण्टा अगाडि

काठमाडौँ, २१ असोज : दसैँ मनाउन घर गएका सर्वसाधारण कर्मथलो काठमाडौँ फर्कन थालेका छन् । उपत्यका प्रवेश गर्ने नाकामा दसैँ मनाएर फर्किने यात्रुको चाप बढेको छ । 

उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा लगायत अन्य नाका खुलेसँगै काठमाडौँ छिर्ने सवारी साधन बढेका हुन् । सरकारले बाढीपहिरोको जोखिमका कारण असोज १८ देखि २० गतेसम्म काठमाडौँ प्रवेश गर्ने नाका बन्द गरेको थियो । उपत्यका भित्र मात्र नभएर उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या पनि बढेको छ। 

आफ्नो जन्मस्थल छोडेर विभिन्न पेसा, व्यवसाय र अध्ययनका लागि सहर पसेका दसैँ सकिए लगत्तै राजधानी फर्कन थालेका हुन्।

तपाईको प्रतिक्रिया