गोरखा, २० असोज : बेनिघाट–लार्के सडकखण्डमा खसेको पहिरो हटाइएको छ । पहिरोका कारण अवरुद्ध उक्त सडक हाल सञ्चालनमा आएको छ ।
अत्यधिक वर्षाका कारण बेनिघाट–लार्के सडकखण्डको खानीवेशीमा पहिरो खसेपछि यातायातका साधन बीच बाटोमै थन्किएका थिए । माछाखोलासम्म सवारीसाधन चल्न थालेका स्थानीय रञ्जना ढकालले जानकारी दिनुभयो ।
तातोपानी र दोभानको बीचमा झरेको पहिरो भने अझै हटाउन सकिएको छैन । उक्त स्थानमा स्थानीयले पहिरो हटाएर पैदलयात्रुलाई हिँड्न मिल्ने बनाएको ढकालले बताउनुभयो ।
रासस