नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग राति ९ देखि बन्द

  ४ घण्टा अगाडि

चितवन, १९ असोज : नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा आज राति ९ बजेपछि बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार र शनिबार परेको वर्षाका कारण पहिरोको उच्च जोखिम भएकाले अहिले राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि सडकमा आवागमन बन्द गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार चितवनबाट पोखरा र काठमाडौँतर्फ जाने सवारीसाधनलाई राति ९ बजेपछि सडक प्रयोग नगर्न आग्रह गरिएको बताउनुभयो ।

यसअघि नै जिल्ला भित्रने सवारीसाधनका लागि समेत ९ बजेभित्र जिल्ला प्रवेश गर्न सूचना जारी गरिसकेको उहाँले बताउनुभयो । खनालले भन्नुभयो, “मौसम यथावत् रहेमा बिहान चाँडै सडक सञ्चालनमा ल्याउन सकिने छ । अन्यथा स्थानीय प्रशासनले निर्धारित गरेको होल्डिङ सेन्टरमा नियमानुसार रहनुपर्ने छ । अत्यावश्यक अवस्थामा आएका सवारीसाधनलाई भने रोकिने छैन ।”

बर्सातका कारण रोकिएका सवारीसाधनलाई आज बिहानदेखि आवश्यकताअनुसार गन्तव्यमा पठाइएका र स्थानीय प्रशासनको समन्वयमा आज मात्रै पाँचवटा सवारीसाधनको व्यवस्था गरी विमानस्थलबाट यात्रुलाई काठमाडौँ पठाएको थियो ।एको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया