तिलाठी कोइलाडीका ३०० बढी घर डुबानमा

  ३ घण्टा अगाडि

राजविराज (सप्तरी), १९ असोज : जिता नदी र खाडो खोलाको बाढी बस्तीमा पस्दा सप्तरीको तिलाठी कोइलाडीका ३०० बढी घर डुबानमा परेका छन् ।

तिलाठी कोइलाडी गाउँपालिकाका पाँचवटै वडामा बाढी पसेको छ । गाउँपालिकाका विपद् संयोजक राजेशकुमार झाका अनुसार वडा नं २ लौनियामा खाँडो खोलाको बाँध कटान हुँदा गाउँभर बाढी फैलिएको छभने वडा नं ४ रामटोलमा एक घर भत्किएको छ । वडा नं ३ सकरपुरा बस्तीमा बाढी पस्दा ७५ घर डुबानमा परेका छन् ।

उहाँले वडा नं ७ को सरदार टोलमा जिता नदीको बाढी पस्दा १८ घरमा ठूलो क्षति पुगेको र केही परिवारलाई सुरक्षाकर्मी र स्थानीय युवाहरूले उद्धार गरी उच्च स्थानमा सारेको बताउनुभयो।

वडा नं ५ बर्साइनमा बाढीले सबैभन्दा बढी क्षति पु-याएको छ । वडाध्यक्ष ललन राउतका अनुसार उक्त क्षेत्रमा करिब २०० घरमा बाढी पसेको छ । बाढीपीडितको उद्धार कार्य भइरहेको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया