मन्त्री घिसिङद्वारा चोभार गल्छी क्षेत्रको निरीक्षण

  ३ घण्टा अगाडि

काठमाडौँ, १८ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ तथा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले आज चोभार गल्छी क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

मन्त्री घिसिङले धोबीखोला, मनोहरा, विष्णुमती, वाग्मती करिडोरलगायत क्षेत्रको अवलोकन गरी ती क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिनुभएको हो । सो क्रममा उहाँले नदी किनारका बस्तीका बासिन्दालाई सतर्क भएर बस्न आग्रह गर्नुभएको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया