गाजामा युद्ध अन्त्य गर्न कतारले गरेको अमूल्य मध्यस्थताका लागि राष्ट्रसङ्घ कृतज्ञ

  ८ घण्टा अगाडि

न्युयोर्क, १८ असोज : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा पट्टीमा जारी दुखद युद्धको अन्त्यका लागि कतारले गरेको संयुक्त तथा अमूल्य मध्यस्थता कार्य प्रति कृतज्ञता व्यक्त गर्नु भएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै महासचिव गुटेरेसले संयुक्त राज्य अमेरिकाका महामहिम राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको हालैको प्रस्तावको आधारमा बन्धकहरूलाई रिहा गर्न र वार्तामा संलग्न हुने घोषणा गर्दै हमासले जारी गरेको बयानबाट आफू उत्साहित भएको पनि जनाउनु भएको छ ।

उहाँले गाजामा युद्ध अन्त्य गर्ने यो अवसरको भरपुर उपयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै तत्काल र स्थायी युद्धविराम, सबै बन्धकहरूको तत्काल र बिना शर्त रिहाई, तथा निर्बाध मानवीय पहुँचको लागि पुनः आह्वान गर्नु भएको छ । (रासस/क्यूएनए)

तपाईको प्रतिक्रिया