नागढुङ्गा चेकपोष्टबाट २५० सवारी साधन काठमााडैँतर्फ फर्काइए

  २ घण्टा अगाडि

काठमाडौँ, १८ असोज : खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमााडैँतर्फ नै फर्काएको छ ।

धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौँ फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

आज बिहानदेखि नै नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको उहाँले बताउनुभयो ।लाई उद्धृत गर्दै राससले जनाएको छ । राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया