टोकियो, १८ असोज : उत्तरी जापानमा च्याउ टिप्ने क्रममा भालुले आक्रमण गरेपछि एक महिलाको मृत्यु हुनुका साथै अर्को एक जना बेपत्ता भएको प्रहरी तथा स्थानीय मिडियाले शनिबार जनाएका छन् ।
हालसालैका वर्षहरूमा जापानमा, आवासीय क्षेत्रहरूमा पनि, घट्दो मानव जनसङ्ख्या र जलवायु परिवर्तन जस्ता कारण अधिक मात्रामा जङ्गली भालुहरू देखिएका छन् ।
महिलालाई भालुले आक्रमण गरे पछि स्थानीयतथा मिडियाले प्रहरीलाइ रिपोर्ट गरेको र अझै मृत्युको कारण बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मृतृकको शरीरमा भएको चोटका आधारमा जनावरले आक्रमण गरेको प्रहरीले विश्वास गरेको सार्वजनिक प्रसारणकर्ता एन. एच. के. ले जनाएको छ ।
असाही सिम्बु दैनिकका अनुसार नागानो प्रान्तमा ७८ वर्षीय व्यक्तिको शव फेला परेको र मृत्यु भालुको आक्रमण बाट भएको प्रहरीले अनुमान गरेको रिपोर्ट गरेको छ ।
गत महिना, जापानले भालुको आक्रमणमा वृद्धि भएपछि निर्मित क्षेत्रहरूमा शिकारीहरूलाई राइफल प्रयोग गर्न सजिलो बनाउन हात हतियार सम्बन्धि नियमहरू सहज बनाएको थियो ।
एनएचकेका अनुसार राष्ट्रव्यापी रूपमा ६९ जना भालुको आक्रमणले घाइते भएका थिए, जस मध्ये पाँच जनाको यस वर्षको अप्रिल र अगस्टको बिचमा मृत्यु भएको थियो ।
सरकारी तथ्याङ्कले गत वर्षमा भालुले ८५ जनालाई आक्रमण गरेको र तीन जनाको मृत्यु भएको देखाएको छ ।
यसैगरी अघिल्लो वर्ष भालुले २१९ जनालाई आक्रमण गर्दा ६ जनाको मृत्यु भएको जनाइएको छ । (रासस/एएफपी)