काठमाडौँ, १७ असोज : बडादसैंको दोस्रो दिन आज काठमाडौँ उपत्यकालगायत देशका अधिकांश भागमा मान्यजनबाट टीका थाप्ने तथा आशीर्वाद लिने क्रम जारी छ ।
हाम्रा समाचारदाताहरूका अनुसार देशका विभिन्न भागमा अवस्थित सहरमा निजी सवारी साधनमा टीका थाप्न हिँडेका सबै वयका मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको छ भने सार्वजनिक यातायातका साधन पनि भरिभारउ छन् । कहीँ सार्वजनिक यातायातको लामो प्रतीक्षा गर्नुपरेको गुनासो पनि टीका थाप्न जानेहरूले गरेका छन् ।
काठमाडौँ उपत्यकाका सडकमा पनि सार्वजनिक सवारी साधन फाट्टफुट्ट चलेका छन् भने मुख्यचोकमा निजी सवारी साधनको पनि ताँती लागेको राससमा उल्लेख छ ।