गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुने पत्रकारको संख्या २५४ पुग्यो

  ५ घण्टा अगाडि

गाजा, १६ असोज : सन् २०२३ अक्टोबर– ७, देखि गाजा पट्टीमा भएको इजरायली आक्रमणको क्रममा मृत्यु भएका प्यालेस्टिनी पत्रकारहरूको सङ्ख्या २५४ पुगेको जनाइएको छ ।

एक विज्ञप्ति जारी गर्दै गाजाको सरकारी मिडिया कार्यालयले पत्रकार सामी दाउद र याह्या मोहम्मद बर्जाकको मृत्यु घोषणा भएपछि इजरायली युद्ध सुरु भएदेखि मारिएका प्यालेस्टिनी पत्रकारको सङ्ख्या २५४ पुगेको जनाएको हो ।

कार्यालयले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अरब पत्रकार महासङ्घ र विश्वभरिका सबै पत्रकार सङ्गठनहरूलाई गाजा पट्टीमा पत्रकार र मिडिया व्यवसायीहरू विरुद्धको यी “व्यवस्थित अपराध”को निन्दा गर्न आह्वान गरेको छ ।

यसले नरसंहारको अपराध रोक्न, गाजा पट्टीमा पत्रकार र मिडिया पेशेवरहरूको सुरक्षा गर्न र हत्याको अन्त्येको “गम्भीर र प्रभावकारी दबाब”का लागि पनि सम्बन्धित पक्षलाई सहयोगका लागि आह्वान गरेको छ । (रासस/क्यूएनए)

तपाईको प्रतिक्रिया