नेपालले वेस्ट इण्डिजलाई दियो १२३ रनको चुनौती

  २ घण्टा अगाडि

काठमाडौं, १४ असोज : युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले वेस्ट इण्डिजलाई एक सय २३ रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर १२२ रनको योगफल बनाएको हो ।

नेपालका ओपनर कुशल भुर्तेलले ३९ रन बनाए । उनले २९ बलमा दुई चौका र तीन छक्कासहित सर्वाधिक ३९ रन बनाए । यस्तै, कप्तान रोहित पौडेलले १९ बलमा एक छक्कासहित १७ रन बनाए भने सन्दीप जोराले १४, कुशल मल्ल्ले १२, गुल्शन झाले १० रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङकमा रन जोड्न सकेनन् ।

वेष्ट इण्डिजका लागि रमन सिमाण्ड्सले चार विकेट लिए भने जेडिवाह ब्लाड्सले दुई विकेट लिए । नेपालले यसअघि भएको पहिलो खेलमा वेष्टइण्डिजलाइ १९ रन र दोस्रो खेल ९० रनले पराजित गरेको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया